Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजनीति

मन्त्रिपरिषद् पुनर्गठन हुन्न, यो हामीविरुद्धको प्रचार हो : ओली

मन्त्रिपरिषद् पुनर्गठन हुन्न, यो हामीविरुद्धको प्रचार हो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • १७:२२:५६ बजे
  • 1.4K
    SHARES
  • मन्त्रिपरिषद् पुनर्गठन हुन्न, यो हामीविरुद्धको प्रचार हो : ओली

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेका छन् । मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई ढुक्कले काम गर्नका लागि प्रधानमन्त्री ओलीले आग्रह गरे ।

    images
     

    मन्त्रिपरिषद् पुनर्गठनको कुरा आफूहरुविरुद्ध गरिएको प्रचारको रुपमा प्रधानमन्त्री ओलीले अर्थ लगाएका छन् । उनले भने, 'मन्त्रिमण्डल पुनर्गठनको कुरा कहाँबाट आयो? कसरी हल्ला चलेका छन्। मैले कहीँ बोलेको छैन । यो हामीविरुद्धको प्रचारमात्र हो । हल्लाकोपछि नलाग्नुस्, पुनर्गठन हुँदैन । ढुक्कसँग आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुस् ।'

    नेकपा कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिए पनि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेका एक मन्त्रीले नागरिकखबरलाई जानकारी दिए । उनले खाली ठाउँमा नयाँ नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नगर्ने आफू निकटसँग बताएका ती मन्त्रीले जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology