Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्ड र अमेरिकी राजदूत र्‍यान्डीबीच भेटवार्ता

प्रचण्ड र अमेरिकी राजदूत र्‍यान्डीबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७९ बिहिवार • २०:१२:५३ बजे
  • 979
    SHARES
  • प्रचण्ड र अमेरिकी राजदूत र्‍यान्डीबीच भेटवार्ता

    नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

    images

    अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन बिहीबार नेपाल आइपुग्नुअघि नै राजदूत बेरी खुमलटार पुगेर आधा घण्टा भेटवार्ता गरेका हुन् ।

    दुई जनाबीचको भेटवार्ता भए भए पनि के कुराकानी भयो भन्नेबारे दुवैले खुलाएका छैनन् । अमेरिकी दूतावास स्रोतले भेटबारे पुष्टि गरे कुराकानीबारे बोल्न चाहेन । प्रचण्डको सचिवालय पनि भेटबारे मौन छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण तयारी भइरहेका बेला फ्लिनको आगमन र राजदूतको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    नेपालले सहायता परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेपछि अमेरिकाले दिँदै आएको आर्थिक सहयोग पनि बढाउने जनाएको छ ।

    एमसीसीलाई अमेरिकाको इण्डो प्यासिफिक सैन्य रणनीतिसँग जोडेर नेपालमा चर्चा भइरहेका बेला सैन्य कमाण्डर फ्लिन चार दिनेभ्रमणमा आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology