Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मेक्सिकोमा उद्घाटन गर्दागर्दै भत्कियो पुल, नालामा खसेर मेयरसहित दर्जनौं घाइते

मेक्सिकोमा उद्घाटन गर्दागर्दै भत्कियो पुल, नालामा खसेर मेयरसहित दर्जनौं घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • १०:३५:२९ बजे
  • 994
    SHARES
  • मेक्सिकोमा उद्घाटन गर्दागर्दै भत्कियो पुल, नालामा खसेर मेयरसहित दर्जनौं घाइते

    एजेन्सी । मेक्सिकोको दक्षिणी शहर कुएर्नाभामा उद्घाटन गर्दागर्दै पुल भत्किएको छ ।

    images

    एउटा पुल भत्किँदा मेयरसहित दर्जनौं मानिस घाइते भएका छन् । रमणीय पार्क–छेउको झोलुङ्गे पुल उद्घाटन गर्दागर्दै एक्कासी भत्किएको सार्वजनिक भिडियोमा देखिन्छ ।

    मोरेलोस राज्यका गभर्नर कुउहटेमोक ब्लान्कोले मेयर जोसे लुइस उरिओस्टेगुइ नालामा खसेर सामान्य घाइते भएको पुष्टि गरेका छन् । उद्घाटनका लागि पुलमाथि हिँडिरहेका मेयर जोसे लुइस उरिओस्टेगुइसहित शहरका दर्जनौं सरकारी अधिकारीहरू नालामा खसेका छन् ।

    भिडियोमा भनिएको छ- ‘पुलको उद्घाटन समारोह चलिरहेको थियो। त्यसका लागि थुप्रै मानिसहरू पुलमाथि हिँडिरहेका थिए । लगत्तै झोलुङ्गे पुल भत्कियो ।’

    पुल भत्किँदा थुप्रै मानिसहरू नालामा खसेर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीयवासीका अनुसार क्षमताभन्दा बढी मानिस त्यहाँ पुग्दा झोलुङ्गे पुल भत्किएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology