Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा विद्युत् निर्यात हुँदा दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिदै

भारतमा विद्युत् निर्यात हुँदा दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • १०:३९:१५ बजे
  • 805
    SHARES
  • भारतमा विद्युत् निर्यात हुँदा दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिदै

    बिहीबार रातिदेखि नेपालले भारतको खुला बजार ३६४ मेगावाट विद्युत् निर्यात गर्दैछ । यसरी निर्यात हुँदा वर्तमान मूल्य संरचना दैनिक १० करोड रुपियाँ बराबरको विदेशी मुद्रा नेपाल भित्रिन सक्छ ।

    images

    यसरी निर्यातको सामाचार पढ्दै गर्दा धेरै नेपाली खुसी हुन्छन् तर पश्चिम नेपालका मुख्य सहर र ग्रामीण इलाकाका बासिन्दा भने असन्तुष्ट छन् । त्यसको एउटै कारण हो आफूले पाएको गुणस्तरहीन बिजुली ।

    दैनिक साढे सात करोड रुपियाँको विद्युत् निर्यात भएको समाचार आउँदा धनगढी निवासी चिरञ्जीवी आचार्यको प्रतिक्रिया छ, “कागलाई बेल पाक्यो हर्ष न विस्मात ।

    ४५ डिग्री तापक्रममा १५० भोल्टको बिजुली आउँछ, गु्नासो ग–यो, सबस्टेसन बनेपछि समाधान हुन्छ भन्छन् ।” नेपालगञ्जकी प्रियङ्का साहको प्रतिक्रिया छ, “छिनछिनमा झ्याप्पझ्याप्प बिजुली जान्छ, यो तातोमा हामी निसासिनु कि मर्नु ?” समस्या तराईको सहरी गर्मीको मात्र होइन, पहाडी ग्रामीण इलाकाले पनि उस्तै गुनासो गर्दैछ ।

    प्युठान नगरपालिका–४ का स्थानीय शिशिर सुवेदी भन्छन्, “बत्ती जाने त कति हो कति साँझ मैन बत्ती वा अन्य विकल्प तयार नगरी खाना खान बस्दैनौँ । लाइन आए पनि हाफ लोडको बिजुलीले फ्रिज, टीभी चल्दैनन् ।”

    विद्युत्को यस्तो गुणस्तर भोगिरहेका सुवेदी सरकारले प्रत्येक घरधुरीमा इन्डक्सन चुलो दिने कार्यक्रमलाई पनि गिज्याउनु हुन्छ । नेपाल विद्युत् प्राधिकरणले निर्यातको आँकडासँगै विद्युत् आयातको पनि आँकडा राखेको हुन्छ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology