Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दैनिक १०० बढी सेनाले ज्यान गुमाउँदै, हतियारको अभाव झेल्दै युक्रेन

दैनिक १०० बढी सेनाले ज्यान गुमाउँदै, हतियारको अभाव झेल्दै युक्रेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • १२:१४:०१ बजे
  • 994
    SHARES
  • दैनिक १०० बढी सेनाले ज्यान गुमाउँदै, हतियारको अभाव झेल्दै युक्रेन

    जारी रुस–युक्रेन युद्धमा दैनिक १०० देखि दुई सयसम्म सैनिकले ज्यान गुमाइरहेको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ ।

    images

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले बीबीसीलाई जनाएअनुसार युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको छन् ।

    पूर्वी डोन्बास क्षेत्रमा रुसी फौजको सामना गर्न सयौँ पश्चिमा युद्ध प्रणाली युक्रेनलाई आवश्यक रहेको मिखाइलो पोदोलियाकले बताएका छन् । तर, मस्कोसँग शान्तिवार्ता पुनः सुरु गर्न किभ तयार नभएको पनि उनले उल्लेख गरे ।

    सिङ्गो डोन्बासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी फौजको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नुपरेको छ । रुसी फौजले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बीबीसीसँग बताएका छन् ।

    युद्धमा युक्रेनतर्फ धेरै क्षति हुनुका कारण दुई पक्षबीच ‘प्रतिरक्षा गर्ने सामर्थ्य समान नहुनु’ भन्दै पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु पर्ने युक्रेनले आफ्नो माग दोहो¥याएको समाचारमा उल्लेख छ ।

    ‘हामीले अस्त्र माग गर्नु केवल मागका लागि मात्रै होइन‘ बरु युद्ध मैदानको स्थितिअनुसार तथ्यपरक माग हो’ पोदोलियाकको भनाइ उदृत गर्दै बीबीसीले जनाएको छ ।

    रुसको सामना गर्न युक्रेनलाई १५० देखि ३०० वटासम्म रकेट प्रणाली चाहिएको उनको भनाइ छ । यो संख्या भनेको अहिलेसम्म युक्रेनले प्राप्त गरिसकेकोभन्दा बढी भएको बताइएको छ ।

    बिहीवार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युद्धमा दैनिक १०० जना सैनिकले ज्यान गुमाइरहेको र ५०० जना घाइते भइरहेको बताएका थिए ।

    युक्रेनले ठूलो क्षति बेहोरिरहेको पृष्ठभूमिबीच रेज्निकोभले उच्च सङ्ख्यामा रुसी फौजले पनि क्षति बेहोरिरहेको दाबी गरेका छन् ।

    लुहान्स्कका क्षेत्रीय गभर्नरले पनि रुसी फौजहरू झिँगाझैँ मरिरहेको दाबी गरे । यद्यपि, युक्रेनी फौजले अस्त्रहरूको व्यापक अभाव झेलिरहेको पोदोलियाकले जस्तै उनले पनि बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology