Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फेरि बढ्यो गाडी भाडा

फेरि बढ्यो गाडी भाडा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • १७:१६:२१ बजे
  • 961
    SHARES
  • फेरि बढ्यो गाडी भाडा

    सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक र मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।

    images

    जेठ ११ गतेमात्रै विभागले भाडा २ प्रतिशत घटाएको थियो । तर, नेपाल आयाल निगमले डिजेलमा एकैपटक प्रति लिटर १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडासमेत बढाउने निर्णय लिएको हो ।

    इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ ।

    पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # फेरि बढ्यो गाडी भाडा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology