Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘कबड्डी ४’ले कमायो १८ करोड ७८ लाख ग्रस

‘कबड्डी ४’ले कमायो १८ करोड ७८ लाख ग्रस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७९ शनिवार • ०९:५४:४८ बजे
  • 1.1K
    SHARES
  • ‘कबड्डी ४’ले कमायो १८ करोड ७८ लाख ग्रस

    दयाहाङ राई स्टारर ‘कबड्डी’को चौथो श्रृंखलाले दुई सातामा १८ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ । १४ दिनमा फिल्मले काठमाडौं उपत्यकामा ९ करोड ९८ लाख र मोफसलमा ८ करोड ८० लाख ग्रस कमाएको हो ।

    images

    डेढ सय बढी हलबाट प्रदर्शन भएको फिल्मको कमाइमा हलिउड र बलिउड रिलिजको खास प्रभाव नै देखिएको छैन । (शुक्रबार) शुक्रबारदेखि तेस्रो साता प्रवेश गर्दै ‘कबड्डी ४’ले अकुपेन्सीमा केही ड्रप भए पनि स्थिर कमाइलाई निरन्तरता दिने देखिएको छ ।

    तेस्रो सप्ताहन्तमा फिल्मले २० करोड ग्रसको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ । निर्माता तथा निर्देशक रामबाबु गुरुङ र वितरक मनोज राठीका अनुसार मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा मात्र दुई सातामा फिल्मले ५ करोड ६३ लाख ग्रस कमाएको छ ।

    आईएनआईमा मात्र ३ करोड १० लाख ग्रस कलेक्सन छ । विगतमा काठमाडौंलाई फिल्मको ७५ प्रतिशत बजार मानिने गरे पनि मोफसलमा बढ्दो जनसंख्या र आधुनिक फिल्म हलको विस्तारसँगै बक्स अफिस आकार पनि बढेको अनुमान छ । ‘कबड्डी ४’ले विदेशमा समेत कीर्तिमानी कमाइ गरिरहेको छ ।

    अमेरिकाबाटै ४ करोड ग्रस कमाइ गर्ने जानकारी वितरकले दिएका छन् । शो संख्या र डलरको मूल्य विश्लेषण गर्दा त्यहाँको कमाइ त्यति प्रक्षेपण गरिएको छ ।

    अष्ट्रेलियामा लाइफटाइम कलेक्सन डेढ करोड ग्रस पुग्ने अनुमान छ । जापानमा ७० लाख प्रक्षेपण छ । अस्ट्रेलिया, अमेरिका र जापानमा कीर्तिमानी कमाइ भएको निर्देशक गुरुङको भनाई छ । विदेशको राइट बिक्रीबापत निर्माताले २ करोड २१ लाख रुपैयाँ नेट प्राप्त गरेको उनले बताएका छन् ।

    भारतमा जुन १७ तारिखमा फिल्म प्रदर्शनको तयारी छ । ‘कबड्डी ४’ले विदेशबाट कुल १० करोड ग्रस कमाउने प्रक्षेपण गरिएको छ । नेपालमा चाहिं यो फिल्म जेठ १३ गते रिलिज भएको थियो ।

  • सम्बन्धित विषय:

  • # १८ करोड ७८ लाख ग्रस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology