Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

रुकुम पश्चिमको जिससमा माओवादी केन्द्रको प्यानल निर्विरोध

रुकुम पश्चिमको जिससमा माओवादी केन्द्रको प्यानल निर्विरोध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७९ शनिवार • १३:४१:२७ बजे
  • 814
    SHARES
  • रुकुम पश्चिमको जिससमा माओवादी केन्द्रको प्यानल निर्विरोध

    ६ पालिका रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्रका) ले चार ठाउँमा जितेको छ । दुई ठाउँमा कांग्रेसले जित हात पारेको छ । बहुमत जितेको माओवादी जिल्ला समन्वय समितिमा समेत एकलौटी गरेको छ ।

    images

    प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन् ।

    उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान गोरखबहादुर केसी आठबिसकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् ।

    माओवादी केन्द्रको एकल जिल्ला समन्वय समिति बन्ने रुकुममा माओवादीका प्रभावशाली नेताहरुले नै आफन्तलाई प्रमुखको टिकट दिलाउँदै निर्विरोध चयन गर्न भूमिका खेलेका हुन ।

    अन्य दलले जिससमा उम्मेदवारी नदिएका कारण उनीहरु निर्विरोध निर्वाचित भएका हुन् तर घोषणा हुन भने बाँकी रहेको छ । चुनाव ३१ गते तोकिएको छ ।

    माओवादी केन्द्रले उपप्रमुखमा देववहादुर कामीलाई उम्मेदवार बनाएको छ । खुला सदस्य तर्फ देउभान ओली, कृष्णबहादुर ऐरी र रामकुमार गौतम, महिला सदस्यमा गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली तथा दलित तथा अल्पसंख्यकबाट मीना बिकको उम्मेदवारी रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology