Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

८०० ले घट्यो सुनको मूल्य

८०० ले घट्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७९ शनिवार • १३:५८:१५ बजे
  • 877
    SHARES
  • ८०० ले घट्यो सुनको मूल्य

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ ।

    images

    गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको जानकारी महासंघले दिएको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो ।

    जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ ।

    यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साता २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँमा आइपुगेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology