Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

भाइरल वडाध्यक्ष भेट्न घरमै पुगे बालेन

भाइरल वडाध्यक्ष भेट्न घरमै पुगे बालेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७९ शनिवार • १५:१६:४३ बजे
  • 754
    SHARES
  • भाइरल वडाध्यक्ष भेट्न घरमै पुगे बालेन

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार १६ नं वडाका अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।

    images

    बालाजुस्थित रिजालकै घरमा बालेनले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारबाहीलाई सहज बनाउने विषयमा सुझाव मागेका थिए ।

    बालेनले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए । बालनेले रिजालको घरमा झन्डै दुई घन्टा बिताएका थिए ।

    रिजालले आफू पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए । भेटमा सहभागी कलाकार अर्जुन घिमिरे पाँडेले जनप्रतिनिधिसँग परामर्श गर्ने योजनाअनुसार आजको भेटघाट भएको बताए ।

    महानगरको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय उठाएपछि वडाध्यक्ष रिजाल सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology