Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

स्वास्थ्य र शिक्षा सेवाकै रुपमा हुनपर्छ : मेयर बालेन

स्वास्थ्य र शिक्षा सेवाकै रुपमा हुनपर्छ : मेयर बालेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७९ शनिवार • १५:२०:११ बजे
  • 805
    SHARES
  • स्वास्थ्य र शिक्षा सेवाकै रुपमा हुनपर्छ : मेयर बालेन

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले स्वास्थ्य र शिक्षाकाे व्यापार गर्न नहुने बताएका छन् ।

    images

    क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरिक्षण गर्दै उनले आधारभूत स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा जनताको घरदैलोमा लैजानुपर्ने बताए ।

    सो क्रममा उनले २०१३ सालमा स्थापीत क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन अवलोकन तथा सेवा प्रवाहको अनुगमनसमेत गरेका छन् ।

    मेयर साहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रियासमेत गरे । अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गरे ।

    क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिव तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न मेयर साहले निर्देशन दिए ।

    अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै बिरामी उपचार नपाई फर्कनु नपरेको बताए । उनले हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाए ।

    स्वास्थ्य र सरसफाईमा महानगरले उच्च चासो दिएको बताउँदै नयाँ–नयाँ योजना तथा सल्लाह सुझाव लिएर आउनेसँग सहकार्य गर्ने मेयर साहको भनाई थियो ।

  • सम्बन्धित विषय:

  • # मेयर बालेन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology