Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आज तीन आयोजनाबाट १५० मेगावाट विद्युत उत्पादन बन्द

आज तीन आयोजनाबाट १५० मेगावाट विद्युत उत्पादन बन्द

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७९ आइतवार • १०:१२:०७ बजे
  • 2.3K
    SHARES
  • आज तीन आयोजनाबाट १५० मेगावाट विद्युत उत्पादन बन्द

    आज लमजुङ जिल्लामा सञ्चालित तीनवटा जलविद्युत आयोजनाबाट १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

    images

    ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको हो ।

    मर्मत सम्भारका कारण ती आयोजनाका विद्युतगृह आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने जनाइएको छ । अघिल्लो वर्षको असारमा आएको बाढीपहिरोका कारण मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको थियो ।

    सोही ठाउँमा निर्माण गरिएको नयाँ टावरमा उक्त प्रसार लाइनका तारहरु टाँग्नुपर्ने भएकाले सो प्रसारण लाइनमा जोडिएका विद्युतगृहबाट हुने विद्युत उत्पादन एक दिनका लागि बन्द गरिएको जनाइएको छ ।

    नेपाल विद्युत प्राधिकरणले बन्द हुने १५० मेगावाट बिजुली आज वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई आपूर्ति गर्ने जनाएको छ । आज नेपालबाट भारततर्फ निर्यात हुने विद्युत आपूर्ति समे कम हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # विद्युत उत्पादन बन्द
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology