Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रिह्याब सेन्टरमा फर्किए जी-बब

रिह्याब सेन्टरमा फर्किए जी-बब

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७९ आइतवार • १८:५३:१८ बजे
  • 1.1K
    SHARES
  • रिह्याब सेन्टरमा फर्किए जी-बब

     आफू र परिवारबीचको विवादबारे आयोजित पत्रकार सम्मेलनमा र्‍यापर जी-बबले पारिवारिक अवरोधलाई नस्वीकार्ने बताएका छन् । परिवारबाट स्वतन्त्रता माग्दै आफूले प्रशासनमा निवेदन दिएको समेत उनले जनाए ।

    images

    आधा घण्टा लामो पत्रकार सम्मेलनपछि जी-बब पुनर्स्थापना केन्द्रमा फर्किएका छन् । उनी समर्पण समाज नामक पुनस्र्थापना केन्द्रका सदस्यसँगै त्यतसर्फ लागेका हुन् ।

    आफूलाई अहिले पनि उपचारको खाँचो भएको भन्दै जी-बबले स्वस्थ भएर काममा फर्किने बताए । उक्त रिह्याबका सञ्चालक टासी लामाले जी-बबले आफूसँग सहयोग मागेको र उनलाई उपचारको जरुरी भएको बताए ।

    टासीले भने, ‘ऊ मेन्टल्ली प्रिपेयर छैन । डिस्टर्ब छ । उसलाई केही समय दिनुस् । अहिले पनि मानसिक रुपमा कमजोर नै छ ।’ आफू पुनः रिह्याबमा बस्छु भनेर जी-बबले फोन गरेपछि बोलाएको लामाले पत्रकार सम्मेलनमा बताए ।

    विवाद समाधान गर्न आफू, परिवार र एएनटीएफबीच छलफल गर्ने समेत जी-बबले बताए । पारिवारिक किचकिचले आफूले घर छाडेको भन्दै उनले तत्काल घर नजाने समेत बताए ।

    पत्रकार सम्मेलनमा एएनटीएफका सदस्य हाकिम गुरुङले पनि जी-बब र परिवारबीचको विवादमा एएनटीएफ नरहेको बताए । विवाद समाधानमा सघाउन आफूहरु तयार रहेको गुरुङले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology