Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जेठमै बाढीले बगायो सय रोपनी खेत

जेठमै बाढीले बगायो सय रोपनी खेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७९ सोमवार • ११:१५:२० बजे
  • 1.2K
    SHARES
  • जेठमै बाढीले बगायो सय रोपनी खेत

    पालुङटार–९ का चक्रबहादुर लामाको साठीमुरे खेत तीन वर्षअघि साउन ५ गते चुक्ती खोलाको बाढीले बगर बनायो।​

    images

    हिउँदभरि मोहियाहरू (सँधियार) मिलेर अमिन झिकाई खोलाघर छुट्ट्याए। मोहियाको साँधसीमा छुट्याए। एस्काभेटर लगाई खोलालाई आफ्नै बाटोमा लगाए। तारजाली लगाएर छेकबार गरे।

    यति गर्दा १ लाख रुपैयाँ खर्च भयो। मेसिन लगाएर जग्गा सम्याए र रोपाइँ गरे। रोपाइँकै राति अर्थात् गत असार १६ गते घनघोर वर्षा भयो। खेत फेरि बगर पल्ट्यो। फेरि हिउँदभर बगरलाई खेत बनाए।

    रोपाइँको तयारी थियो। तर, यसपटक पनि जेठ २७ गतेको बाढीले खेत फेरि बगर बन्यो। खोलाले लगातार तीन वर्ष दुःख दिएपछि निराश छन्।

    यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # सय रोपनी खेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology