Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अमेरिकाले पैसा दियो भन्दैमा सैनिक गठबन्धनमा सामेल हुन खोज्नु गलत : भीम रावल

अमेरिकाले पैसा दियो भन्दैमा सैनिक गठबन्धनमा सामेल हुन खोज्नु गलत : भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७९ सोमवार • ११:२१:०५ बजे
  • 877
    SHARES
  • अमेरिकाले पैसा दियो भन्दैमा सैनिक गठबन्धनमा सामेल हुन खोज्नु गलत : भीम रावल

    नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खाजेको भन्दै आपत्ति जनाएका छन् ।

    images

    सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उलने भने, ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्यो । अहिले नसक्ने किन ?, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन खोज्यो । यो एकदमै गलत यो ।’ यसबारेमा सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने उनको भनाई छ ।

    आर्थिक सहयोगका नाममा कसैले पनि कुनै पनि देशलाई सामरिक रुपमा धकेल्न नहुने उनले बताए । प्रधानमन्त्रीको अमेरिकी भ्रमणबारे पनि उनले प्रश्न उठाउँदै भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीलाई संसदीय समितिको बैठकमा बोलाउन माग गरे ।

    ‘यो विषयमा सत्तारुढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भन्नुभएको छ उहाँले नै भ्रमणमा आशंका गर्नुभएको छ, हामी त प्रतिपक्षीमा छौं,’ पूर्वमन्त्रीेसमेत रहेका रावलले भने, ‘भ्रमणबारे प्रधानमन्त्रीलाई पत्र लेखेर छलफलमा बोलाऔं ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology