Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्व बैंकले नेपाललाई एक अर्ब २७ करोड अनुदान सहयोग उपलब्ध गरायो

विश्व बैंकले नेपाललाई एक अर्ब २७ करोड अनुदान सहयोग उपलब्ध गरायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • २१:११:१३ बजे
  • 2.4K
    SHARES
  • विश्व बैंकले नेपाललाई  एक अर्ब २७ करोड अनुदान सहयोग उपलब्ध गरायो

    विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न रु एक अर्ब २७ करोड (एक करोड २५ लाख अमेरिकी डलर) बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ ।

    images
     

    अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे ।

    मन्त्रालयका अनुसार सिकाइको स्तर सुधार गर्न तथा उत्थानशील शिक्षा क्षेत्रको निर्माणका लागि कोभिड–१९ संकटबीच उक्त अनुदान दिइएको हो । कोभिड–१९ संकटका बीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

    ‘विद्यालय क्षेत्र विकास कार्यकम’ मा विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसनको १८५ मिलियन डलर कर्जा सहायतासहित एसियाली विकास बैंक, युरोपियन युनियन, फिनल्यान्ड, ग्लोवल पार्टनरसिप फर एजुकेसन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, युएसएआइडी, युनिसेफलगायतका निकायले सहयोग पुर्‍याइरहेका छन् । ‘जिपिइ कोभिड–१९ द्रुत कोष’अन्तर्गत प्राप्त भएको यस थप अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड–१९ आकस्मिक योजनाको कार्यान्वयनमा योगदान पु¥याउनेछ ।

    हस्ताक्षर समारोहमा सहसचिव नेपालले अनुदानका लागि हामी विश्व बैंक र जिपिइप्रति आभार व्यक्त गरे । उक्त सहयोगले कोभिडका कारण बालबालिकाको सिकाइमा भएको क्षतिको पुर्ति गर्नका लागि टेवा पुर्‍याउने उनको भनाइ छ । सहसचिव नेपालले भने, “अनुदानले चालू महाव्याधिका कारण विद्यालय बन्द रहेका अवस्थामा पनि सिकाइलाई निरन्तरता दिनका लागि सरकारलाई आवश्यक सहयोग पुर्‍याउनेछ ।”

    कोभिड– १९ को महाव्याधीका कारण विश्वभर नै शिक्षा क्षेत्र सबैभन्दा बढी मारमा परेका क्षेत्रमध्ये एक भएको र जसले गर्दा बालबालिकाको सिकाएको नजितामा गहिरो असर परेको छ । यस्तै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले यस अनुदानले बालबालिकाका लागि खासगरी बालिकाका लागि शिक्षा र सिकाईमा सुरक्षित पहुँचको तत्काल आवश्यकतालाई सघाउने बताए । उनले उक्त सहयोगले नेपालको शिक्षा क्षेत्रलाई पहिलेभन्दा राम्रो बनाउनुका साथै नेपाल सरकारले चालेका वृहद् उत्पादशिल पुर्नलाभाका पहललाई बढावा दिने बताए ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology