Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

निजगढ विमानस्थलको निर्माण सुरु गर्न संसदीय समितिको निर्देशन

निजगढ विमानस्थलको निर्माण सुरु गर्न संसदीय समितिको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७९ सोमवार • १९:१२:३१ बजे
  • 814
    SHARES
  • निजगढ विमानस्थलको निर्माण सुरु गर्न संसदीय समितिको निर्देशन

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।

    images

    समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।

    सो प्रतिवेदनमा निगजढ विमानस्थलबारे भनिएको छ, ‘विमानस्थल निर्माणसम्बन्धी दीर्घकालिन गुरुयोजनालाई अन्तिम रुप दिई यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने ।’

    समितिले विमानस्थल निर्माण स्थलका टाँगियाबस्ती लगायत अन्य बस्तीको स्थानान्तरणसम्बन्धी कार्य र प्रक्रिया शीघ्र बनाउन र घरसारको लागि छुटपूर्जीका लागि समेत आवश्यक व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

    आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरी यथाशीघ्र विमानस्थल निर्माणस्थलका लागि रुख कटान सम्बन्धी कार्यरप्रक्रिया अघि बढाउन समेत समितिले भनेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology