Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग

एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७९ मंगलवार • १७:२२:५७ बजे
  • 874
    SHARES
  • एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग

    नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।

    images

    एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न मागसमेत गरेको छ ।

    समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिएका थिए ।

    त्यसपछि उनले शर्माको भूमिकाको कडा आलोचना गर्दै उनको राजीनामा मागसहित छानबिन समिति बनाउन माग गरेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology