Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राप्रपा प्रवेश गर्ने रविन्द्र मिश्रको तयारी

राप्रपा प्रवेश गर्ने रविन्द्र मिश्रको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०७९ बुधवार • १०:१०:३३ बजे
  • 1.4K
    SHARES
  • राप्रपा प्रवेश गर्ने रविन्द्र मिश्रको तयारी

    विवेकशील साझा पार्टीको अध्यक्षबाट राजिनामा दिएका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेशको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते उनले अध्यक्षबाट राजीनामा गरेका थिए ।

    images

    राप्रपाले दिने पदमा कुरा मिले मिश्र केहीदिनभित्रै उक्त पार्टी प्रवेस गर्ने स्रोतले जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए ।

    राप्रपाले त्यसलाई अस्वीकार गरेको थियो । निकट १ नेताका अनुसार त्यसपछि सहअध्यक्षको प्रस्तावसहित मिश्रले छलफल गरेका थिए । तर, राप्रपाले विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ ।

    महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ ।

    विवेकशील साझा पार्टीबाट अलग भइसकेका मिश्रले सिंगो पार्टी नै लिएर आउन सक्ने अवस्था नभएकाले उनलाई वरिष्ठ उपाध्यक्ष पनि दिन नहुने आवाज राप्रपामा उठ्न थालेको छ ।

    पार्टीको हैसितमा नभएर व्यक्ति मात्र प्रवेश गर्ने भन्दै मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिँदा संगठनभित्रको सन्तुलन बिग्रने जनाउँदै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology