Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले मुख कुल्ला गर्दा एमाले कार्यकर्ताले बान्ता नगरी हुँदैन : घनश्याम भुसाल

ओलीले मुख कुल्ला गर्दा एमाले कार्यकर्ताले बान्ता नगरी हुँदैन : घनश्याम भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०७९ बुधवार • १७:४५:४१ बजे
  • 1.1K
    SHARES
  • ओलीले मुख कुल्ला गर्दा एमाले कार्यकर्ताले बान्ता नगरी हुँदैन : घनश्याम भुसाल

     नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीहरूमा राजनीतिक संस्कार हराएको बताएका छन् ।

    images

    आज (बुधबार) काठमाडौंमा आयोजित ‘कम्युनिष्ट आन्दोलनः संकट र अबको बाटो कार्यक्रम’लाई सम्बोधन गर्दै नेता भुसालले पार्टीका शीर्ष नेताहरूले गाली-बेइजती र चरित्र हत्याको राजनीति सिकाइरहेको बताए ।


    उनले भने, ‘हाम्रो पार्टीको माथिल्लो पंक्तिबाट निन्दाको, भत्सर्नाको, खुट्टा तानातानको, बेइज्जती, गालीको, चरित्र हत्याको राजनीति सिकाइरहेका छौँ ।’

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘एमालेको पत्तासाफ गरिदिन्छु’ भन्दा नेकपा माओवादी केन्द्रका कार्यकर्ता लाठी-डण्डा लिएर खडा हुने बताए ।

    उनले भने, ‘हाम्रै कम्युनिष्ट आन्दोलनभित्र हेरौं । कमरेड प्रचण्डले एमालेको पत्तासाफ गरिदिनुपर्छ भन्नुहुन्छ, त्यसपछि माओवादी केन्द्रका साथाीहरु लाठी-डण्डा लिएर खडा हुन्छन् ।’

    नेकपा एकीकृत समाजवादीमा ओलीको पुत्ला जलाएको आधारमा योग्यता देखिने टिप्पणी गरे । उनले भने, ‘माधव कमरेडले एमालेलाई धुलो चटाइदिन्छु भनेपछि हामी समाजवादीका साथीहरु ओलीका पुत्ला जलाउन थाल्छौँ । हाम्रो योग्यता ओलीको कति पुल्ता जलाउँछौँ, त्यस आधारमा समाजवादीमा जोडिने अवस्था बनेको छ ।’

    उनले एमाले अध्यक्ष ओलीले माधव नेपालको नाम लिएर कुल्ला गरे भने एमालेका कार्यकर्ताले बान्ता नै गर्ने टिप्पणी गरे । उनले भने, ‘कमरेड ओलीले माधव नेपालको नाम लिएर कुल्ला मात्रै गर्नुभयो भने एमालेका खाँटी कार्यकर्ताले त बान्ता नगरी उसको योग्ता नै पुग्दैन । उसले बान्ता गर्नैपर्छ ।’

    पार्टीले समाजलाई कता लाँदै छ भनेर उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘चाहेर वा नचाहने तपाईं यो संरचनाभित्र हुनुहुन्छ भने तपाईंको योग्यता त्यहीँ हो । हामी समाजलाई कता लाँदै छौँ ? सो समाजलाई कता लर्तादै छौँ ?’

  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology