Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आयात गरेको भन्दा भारतमा बेचेको बिजुलीको दर महँगो

आयात गरेको भन्दा भारतमा बेचेको बिजुलीको दर महँगो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७९ बिहिवार • १५:११:४४ बजे
  • 865
    SHARES
  • आयात गरेको भन्दा भारतमा बेचेको बिजुलीको दर महँगो

     नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदको विद्युत माग धान्न भारतबाट आयात गरेको भन्दा भारतमा अहिले बेचिरहेको विद्युतको दर महंगो रहेको पाइएको छ ।

    images

    प्राधिकरणले हिउँदमा आयात गरेको विद्युतको प्रतियुनिट औसत दर प्रतियुनिट ९ रुपैयाँ ७ पैसा छ । प्राधिकरणले अहिलेसम्म भारत निर्यात गरेको विद्युत्को प्रतियुनिट औसत दर ११ रुपैँया ३८ पैसा रहेको छ । जुन आयातको तुलनामा प्रति युनिट १ रुपैयाँ ६८ पैसा बढी हो ।


    भारतबाट महंगोमा विद्युत आयात गरेको र अहिले सस्तो दरमा बिक्री गरेको भन्ने सांसदको प्रश्नको बुधबार संसदमा जवाफ दिंदै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आयातको दरभन्दा अहिलेको निर्यातको दर महँगो रहेको बताइन् ।

    वषर्ातको समयमा आन्तरिक उत्पादनबाट देशभित्रको विद्युत मगलाई धाने अतिरिक्त भएको निर्यात गर्ने अवस्था भएता पनि हिउँदका केही महिना अझै भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यता छ । नेपालले सुख्खायाममा खरिद गर्ने विद्युत मुलत : तीन वटा बजारबाट खरिद हुने गरेको छ ।

    पहिलो भारतबाट अल्पकालिन द्विपक्षीय सम्झौता गरी लामो समयदेखि सुख्खायाममा विद्युत आयात गर्ने गरिएको छ । यसरी आयात गरिने विद्युतको खरिद दर प्रतियुनिट क्रमशः नेपाली ६ रुपैँया ६५ पैसा र ६ रुपैँया ५९ पैसा रहेको छ ।

    दोश्रो भारतको बिहार राज्यबाट आवश्यक परेको बेलामा मात्र लिने गरी प्रति युनिट ९ रुपैँया ८९ पैसामा आयात गर्ने गरिएको र सोही मूल्यमा नेपालले पनि बढी हुने विद्युत बिहारमा निर्यात गर्दै आएको छ ।

    तेश्रो भारतको प्रतिस्पर्धी बजारबाट हरेक दिन बोलकबोल गरी आयात गर्ने गरिएको छ । यो बजारमा कुनै दिन सस्तो र कुनै दिन महँगो विद्युत खरिद गर्नुपर्ने हुन्छ ।

    नेपालले हाल वर्षायाममा बढी हुने ३६४ मेगावाट विद्युतको हाराहारीमा प्रतिस्पर्धि बजारमा दैनिक १० देखि १२ करोड नेपाली रुपैँयामा भारत निर्यात गरिरहेको छ । आगामी आर्थिक वर्ष वर्षायाममा उत्पपादन हुने करिब १५ देखि २० अर्ब नेपाली रुपैँया बराबरको अतिरिक्त विद्युत निर्यात गर्न सकिने प्राधिकरणको प्रक्षेपण छ । आगामी पाँच वर्षमा हरेक वर्ष करिब ७० अर्ब नेपाली रुपैँयाभन्दा बढीको विद्युत निर्यात गर्न सकिने सम्भावना रहेको मन्त्री भुसालले बताइन् ।

    विद्युत उत्पादनको क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने अतिरिक्त विद्युत निर्यातका लागि अन्तरदेशीय विद्युत व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology