Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रवि लामिछानेले छाडे टेलिभिजन, राजनीतिमा आउने

रवि लामिछानेले छाडे टेलिभिजन, राजनीतिमा आउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७९ बिहिवार • १५:३२:५५ बजे
  • 1000
    SHARES
  • रवि लामिछानेले छाडे टेलिभिजन, राजनीतिमा आउने

    टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका छन् ।

    images

    उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै बिदाइ गरेका छन् । उनले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ ।

    यद्यपि उनले कहाँबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट पारेका छैनन् । उनी निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने तयारी गरेका छन् ।

    न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चित बनेका लामिछाने पछिल्लो समय आफ्नो समेत लगानी रहेको ग्यालेक्सी टिभीमा सक्रिय थिए ।

    त्यहाँ पनि उनले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए । सिधा कुरामा उनको बिहीबारको एपिसोड अन्तिम रहने बताइएको छ । त्यसपछि उनले सहकर्मीलाई आफ्नो कार्यक्रम हस्तान्तरण गर्ने छन् ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology