Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेपाली सेनाले लेखेको जुन पत्र आएको छ,यो सत्य हो : प्रधानसेनापति शर्मा

नेपाली सेनाले लेखेको जुन पत्र आएको छ,यो सत्य हो : प्रधानसेनापति शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७९ शुक्रवार • १०:०८:२३ बजे
  • 940
    SHARES
  • नेपाली सेनाले लेखेको जुन पत्र आएको छ,यो सत्य हो : प्रधानसेनापति शर्मा

    नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

    images

    सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए ।

    एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् ।

    अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै उनले तर सैन्य गठबन्धनका लागि नलेखिएको बताए ।

    उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’

    भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए । उनले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध समेत गरे ।

    उनले भने, ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई पनि भनेको छु । थप आशंका नगरौं यसलाई यहीँ नै निराकरण गरौं ।’

  • सम्बन्धित विषय:

  • # प्रधानसेनापति शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology