Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आविष्कार केन्द्रलाई १ करोड बजेट व्यवस्था, तर विश्वास छैन महावीर पुनलाई

आविष्कार केन्द्रलाई १ करोड बजेट व्यवस्था, तर विश्वास छैन महावीर पुनलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७९ शुक्रवार • १०:१४:५२ बजे
  • 1.2K
    SHARES
  • आविष्कार केन्द्रलाई १ करोड बजेट व्यवस्था, तर विश्वास छैन महावीर पुनलाई

    सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन ।

    images

    आविष्कार केन्द्र स्थापना भएपछि पहिलोपटक बजेट व्यवस्था गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको बजेट किताबमा केन्द्रलाई १ करोड रुपियाँ बजेट व्यवस्था गरेको हो ।

    केन्द्रलाई बजेट व्यवस्था गर्न मन्त्रालयले सिफारिस गरेको थिएन । तर अर्थ मन्त्रालले बजेट व्यवस्था गरेपछि पहिलो पटक केन्द्रले बजेट पाउन लागेको हो ।

    केन्द्र स्थापना भएको दुई वर्षपछि सरकारले केन्द्रलाई बजेट दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले नयाँनयाँ आविष्कार गरेर सरकारलाई बिर्सन नसक्ने सहयोग गर्ने संस्थालाई बजेट व्यवस्था भएकोमा खुसी भएको बताए​।

    शिक्षा मन्त्रालयको बजेट पुस्तकमा राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँ पुँजीगत अनुदान उपलब्ध गराउने उल्लेख छ ।

    यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology