Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाविरुद्धको खोप

सन २०२१ को मध्यपछि मात्रै कोरोनाविरुद्धको खोप आउँछ :डब्ल्युएचओ

सन २०२१ को मध्यपछि मात्रै कोरोनाविरुद्धको खोप आउँछ :डब्ल्युएचओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • १२:४३:१३ बजे
  • 1.9K
    SHARES
  • सन २०२१ को मध्यपछि मात्रै कोरोनाविरुद्धको खोप आउँछ :डब्ल्युएचओ

    एजेन्सी । महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले सिंगो विश्व समुदायलाई आक्रान्त पारेको छ । सबैको ध्यान र चासो यसलाई निको पार्ने औषधिमै अडिएको छ । विश्वका बिभिन्न मुलुकका वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धका भ्याक्सिनहरु विकास गरेका छन भने परीक्षणको काम पनि चलिरहेको छ ।

    images
     

    कतिपय मुलुकका वैज्ञानिकहरुले सफलताको नजिक पुगेको दावी पनि गरेका छन । तर कोरोना भाइरस निर्मुल पार्ने खोप हाम्रा लागि उपलब्ध भैसकेको छैन । यद्यपी कोरोनाविरुद्धको भ्याक्सिन छिट्टै प्राप्त हुन सकोस भन्ने आशा कसैले पनि त्याग्न सकेका छैनन् । अर्थात अहिलेको समय भनेको आशै आशमा झुण्डिएको छ ।

    यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको खोप कहिलेसम्म आउला ? भन्ने बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । उसका अनुसार खोप सन २०२१ को मध्य तिर मात्रै सबैकालागि उपलब्ध हुन सक्छ । विश्व स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक डाक्टर सौम्या स्वामीनाथनले यस्तो बताएकी हुन ।

    समयका बारेमा ठ्याक्कै यकिनका साथ भन्न नसकिने स्विकार्दै सबैका लागि भ्याक्सिन उपलब्ध हुने मिति सन २०२१ को छैटौं या नवौं महिना पनि हुन सक्ने डा. सौम्याले बताइन । उनका अनुसार भ्याक्सिनको उत्पादन र सबै मुलुकलाई वितरण गर्ने काम छोटो समयमा सम्भव छैन । कोरोनाविरुद्धका कतिपय खोपहरुको तेस्रो चरणको परीक्षण भर्खरै सुरु भएको छ ।

    यो पुरा हुन यो बर्ष पुरै बित्न पनि सक्छ । यीनै तथ्यहरुका आधारमा डा. सौम्याले आफ्नो धारणा ब्यक्त गरेकी हुन । तेस्रो चरणको परीक्षण गरिरहेका केही औषधि कम्पनीहरुबाट आशा गर्न सकिने उनले बताइन । उनले भनिन, “केही कम्पनीहरुले यो बर्षको अन्त्य या अर्को बर्षको सुरुवातसम्ममा तेस्रो चरणको परीक्षण सक्ने छन ।

    यसपछि मात्रै विश्वस्तरमा भ्याक्सिनको उत्पादन सुरु हुनेछ । विश्वभरका मानिसहरुलाई अर्बौंको संख्यामा भ्याक्सिन चाहिन्छ । जसको उत्पादन गर्न निकै समय लाग्न सक्छ ।” डा. सौम्याले सबैलाई सावधानी र धैर्यताकासाथ कोरोना भाइरसंग जुध्न आग्रह गरेकी छिन । जस्तोसुकै संकट आइपरे पनि आशावादी र यथार्थवादी हुनु पर्ने उनको तर्क रहेको एएनआइले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology