Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : माओवादी केन्द्रका सांसद सुदन किराँती

राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : माओवादी केन्द्रका सांसद सुदन किराँती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७९ शुक्रवार • १०:५८:५१ बजे
  • 880
    SHARES
  • राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : माओवादी केन्द्रका सांसद सुदन किराँती

    नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् ।

    images

    उनले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

    शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा एसपीपीबारे सरोकारवालाहरुको छलफलमा सांसद किराँतीले भने, ‘नेपालको परराष्ट्र नीति अनुसार चल्नुपर्यो, राष्ट्रघात गर्ने जो कसै नेतालाई जेल हाल्नुपर्यो ।’

    उनले एसपीपी प्रकरणमा नेपाली सेनाले निकालेको विज्ञप्ति र अमेरिकी दुतावासले निकालेको विज्ञप्तिमा किन विरोधाभाष भएको पनि बताए । छलफलमा बोल्दै उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित हुनुपर्ने धारणा समेत राखेका छन् ।

    ‘प्रधानमन्त्री अमेरिकाको नीजि भ्रमण हैन, सरकारी भ्रमण हो भने एजेन्डा के के हुन् ? चुनावको बेला हुन लागेकोले यसलाई स्थगित गरियोस्’सांसद किराँतीको माग छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology