Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमसीसी र एसपीपी दुवै ओली नेतृत्व सरकारको समयमा आएको हो : प्रचण्ड

एमसीसी र एसपीपी दुवै ओली नेतृत्व सरकारको समयमा आएको हो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७९ शुक्रवार • १४:०२:५३ बजे
  • 505
    SHARES
  • एमसीसी र एसपीपी दुवै ओली नेतृत्व सरकारको समयमा आएको हो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् ।

    images

    शक्रुबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताए । अध्यक्ष प्रचण्डले भने, ‘एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास ग¥यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।’

    एमसीसी र एसपीपी दुवै परियोजना एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उनले आरोप लगाए । उनले भने, ‘एमसीसी र एसपीपी परियोजना केपी ओली नेतृत्वको सरकारको समयमा आएको हो ।

    यो एसपीपी परियोजना खारेज हुन्छ ।’ अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने बताए । अध्यक्ष प्रचण्डले भने, ‘अहिले गठबन्धन जे हो त्यही जान्छ ।’

    पार्टीका एक/दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology