Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

शेरबहादुर देउवा जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आए:ओली

शेरबहादुर देउवा जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आए:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७९ शुक्रवार • १७:२२:१८ बजे
  • 946
    SHARES
  • शेरबहादुर देउवा जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आए:ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दाबी गरेका छन् ।

    images

    शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले देउवा ०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको बताए ।

    उनले एमालेले ५ वर्ष सरकार चलाउन पाउने हो भने अरु पार्टीले साइनबोर्ड झुन्ड्याउन सक्ने अवस्था समेत नहुने बताए । उनले भने, ‘शेरबहादुर देउवाले जसरी अहिले प्रधानमन्त्री जितेर ल्याउनुभयो अदालतबाट ।

    ०५२ सालमा पनि उहाँले नै त्यसैगरी जितेर ल्याउनु भएको हो । उहाँ कहिल्यै पनि निर्वाचनबाट प्रधानमन्त्री बन्नु भएको छैन ।

    पार्टीभित्र जालझेल होस् कि देशभित्र वा संसदभित्रको जालझेल वा अदालतको जालझेल र तिक्डमबाट मात्रै हुनुभएको छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology