Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा बैठक सञ्चालनको जिम्मा प्रचण्डलाई, ओली अनुपस्थित

नेकपा बैठक सञ्चालनको जिम्मा प्रचण्डलाई, ओली अनुपस्थित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७७ शुक्रवार • १४:१२:५२ बजे
  • 2.5K
    SHARES
  • नेकपा बैठक सञ्चालनको जिम्मा प्रचण्डलाई, ओली अनुपस्थित

    नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पार्टीअध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् ।

    images

    बैठकको दोस्रो दिन आजबाट नेताहरुले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम शुरु भएको छ । सरकार र पार्टी कामकोसमीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरुका धारणा सुन्ने बैठकमा अनुपस्थितभएका हुन् ।

    बैठकको पहिलो दिननै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरुलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरुलेराखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतले जनाएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमै बसिरहेको छ ।

    दुई अध्यक्षबीचको सल्लाह अनुसारनै बैठकको अध्यक्षता प्रचण्डले गर्ने र महासचिव पौडेलले बैठक सञ्चालन गर्ने तय भएको नेकपास्रोतले जनाएको छ । प्रधानमन्त्री ओली यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएका थिए ।

    बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले ओलीको राजिनामा माग्ने तयारी गरिरहेका छन् । आफ्नो चर्को आलोचना हुने बैठकमानबस्ने सोच अनुसारनै प्रधामनन्त्री निवासमै बसिरहेको बैठक पनि ओलीले छल्न खोजेको आरोप अर्को पक्षले लगाएको छ ।

    साभार अनलाईन खबर 

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology