Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

गायक सुन्दर परियारको 'साईली' गीतको भिडियो बजारमा

गायक सुन्दर परियारको 'साईली' गीतको भिडियो बजारमा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ ३, २०७९ शुक्रवार • २३:५७:३९ बजे
  • 2.1K
    SHARES
  • गायक सुन्दर परियारको 'साईली' गीतको भिडियो बजारमा

    गायक सुन्दर परियारले रोजगारको सिलसिलामा कुवेतमा कार्यरत रहेर पनि असङ्खे नेपाली गीत सङ्गीत पारखीहरुका लागि 'साईली' गीतको भिडियो सार्वजनिक गरेका छन ।

    images

    गायक सुन्दर परियार र गायिका कमला पोखरेलको सुमधुर आवाजमा रहेको 'साईली’ गीतको शब्द र संगीत  स्वयम् गायक सुन्दर परियारको रहेको छ । गायक सुन्दर परियारले विवाहको सिजन लागेसँगै लगनका महिनालाई लक्षित गरि बिहेका भाकाहरु समेटेर मौलिक पनको पञ्चेवाजा गीत 'साईली’ गीतको भिडियो बजारमा लिएका हुन।

    गायक सुन्दर परियारले दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज दिइसकेका छन भने एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका छन । स्याङ्जाको वालिङ २ मा जन्मेका गायक परदेशमा आफ्नो कार्यब्यस्तताको बाबजुद पनि गीत संगीत प्रति समर्पित भएका छन । उनले भने 'जहाँ इच्छा हुन्छ त्यहाँ उपाय हुन्छ । दु:खलाई आत्मसाथ गर्दै अग्रजको माया र सहयोगले अगाडि बढेको छु । अझै धेरै दु:ख र संघर्षलाई जालजेल गर्दै अगाडी बढ्नु छ  । दुई दर्जन भन्दा बढी गीतमा आवाज र  एक दर्जनभन्दा बढी गीतलाई शब्द र लयले भरिभराउ गर्न पाउदा आँफैलाई थप आनन्द महसुस भएको छ ।नेपाली मनहरुले दर्साउनु भएको माया प्रती म निक खुसी भएको छु । अझ धेरै संघर्ष गरेर लोक संगितलाई थप उचाईमा पुर्याउने लक्ष्य लिएको छु '। गायक बिगत चार वर्षदेखि कुवेतमा कार्यरत छन।

    शिवराज भुर्तेलको छायाँकन तथा सम्पादन र पर्वतराज छिनालको निर्देशनमा 'साईली' गीतको भिडियो निमार्ण गरिएको छ ।पञ्चेबाजा गीतको भिडियोमा सुरज प्रभात छिनाल, जुनु एसडी , मञ्जरी बस्याल, रेजिना र सम्झनाको अभिनय रहेको छ ।

    भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology