Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा राष्ट्रिय भेटेरिनरी सम्मेलन

पोखरामा राष्ट्रिय भेटेरिनरी सम्मेलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७९ शनिवार • ०९:५६:२७ बजे
  • 1.0K
    SHARES
  • पोखरामा राष्ट्रिय भेटेरिनरी सम्मेलन

    पोखरामा १४औं संस्करणको राष्ट्रिय भेटेरिनरी सम्मेलन सुुरू भएको छ । नेपाल भेटेरिनरी एशोसिएशनले आयोजना गरेको सम्मेलनको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरे । पशु चिकित्सा र स्वास्थ्यका क्षेत्रमा भएका अनुसन्धान तथा खोजको प्रस्तुति र नेपालको भेटेरिनरी क्षेत्रका विषयमा छलफलका लागि सम्मेलन आयोजना गरिएको हो ।

    images

    सम्मेलनमा पशु चिकित्सा र स्वास्थ्य, पशुपन्छी तथा मत्स्य उत्पादन र व्यवस्थापन, जलवायु परिर्वतन र पशुपालन क्षेत्रको आर्थिक तथा सामाजिक प्रभावमा छलफल हुने नेपाल भेटेरिनरी एशोसिएशनका केन्द्रीय अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले बताए । पशु चिकित्सा र स्वास्थ्यका क्षेत्रमा भेटेरियनको योगदानका कारण दूध, मासु र अण्डामा नेपाल आत्मनिर्भर भएको घोषणा गरिएको उनले बताए ।

    श्रेष्ठले हालै नेपाल सरकारले देशका विभिन्न ३ सय स्थानीय तहमा पशु चिकित्सक भर्ना गरेर कृषकलाई भेटेरिनरी सेवा पुर्रयाउने निर्णय गर्नु प्रशंसनीय रहेको बताए ।

    नेपालले पशुपन्छीसँग सम्बन्धित विभिन्न विषयमा अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको छ । सन् २०३० सम्ममा रेबिजका साथै खोरेत, पीपीआर लगायत रोग उन्मूलन गर्ने सरकारको प्रतिबद्धता छ ।

    सम्मेलनमा यी प्रतिबद्धताको कार्यान्वयन अवस्थाको समीक्षा र सुधार गर्नुपर्ने विषयमा समेत छलफल हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । सम्मेलनमा ६९ वटा वैज्ञानिक कार्यपत्रहरुमा विशेष छलफल हुनेछ ।

    सम्मेलनमा पशु विज्ञान र मत्स्य क्षेत्रमा क्रियाशील वैज्ञानिक, पशु चिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता र उद्यमी कृषक गरी ४०० जनाको सहभागिता रहेको छ ।

    असार ४ गतेसम्म सञ्चालन हुने सम्मेलनमा भारत, श्रीलंका, बंगलादेश लगायत सार्क राष्ट्रका भेटेरिनरी एशोसिएशनका प्रतिनिधिसमेत सहभागी छन् । सम्मेलनले नेपाल र नेपालको भेटेरिनरी क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सहयोग पुग्ने विश्वास आयोजकको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology