Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रूसले विश्वलाई अनिकालको जोखिममा धकेल्योः ईयू

रूसले विश्वलाई अनिकालको जोखिममा धकेल्योः ईयू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७९ आइतवार • ०९:३६:४३ बजे
  • 814
    SHARES
  • रूसले विश्वलाई अनिकालको जोखिममा धकेल्योः ईयू

    युरोपेली यूनियन (ईयू)ले रूसले विश्वलाई अनिकालको जोखिममा धकेलेको आरोप लगाएको छ ।

    images

    ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताएका हुन् ।

    रूसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको र युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको उनको भनाइ छ । संयुक्त राष्ट्र संघ र ईयूले संयुक्त रुपमा विश्वव्यापी खाद्य सुरक्षाका लागि प्रयास थाल्ने उनले बताए ।

    ईयूका अनुसार रूसले आफूलाई खाद्य सङ्कटबाट बचाउन आफ्नो अन्न निर्यातमा कोटा तथा अतिरिक्त कर पनि लागू गरिरहेको छ ।

    खाद्य सुरक्षाका लागि युक्रेनबाट हुने निर्यातलाई पुनः सञ्चालन गर्न राष्ट्र संघसँग छलफल भइरहेको ईयूले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जोखिममा धकेल्योः ईयू
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology