Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आउँदो वर्षबाट विदेशका नेपालीको दूतावासबाटै मतदाता नामावली संकलन

आउँदो वर्षबाट विदेशका नेपालीको दूतावासबाटै मतदाता नामावली संकलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७९ आइतवार • ०९:५७:४० बजे
  • 928
    SHARES
  • आउँदो वर्षबाट विदेशका नेपालीको दूतावासबाटै मतदाता नामावली संकलन

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन् ।

    images

    काठमाडौंमा आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा उनले जहाँ गएर पनि नागरिकलाई मतदान गराउन आयोग सधैँ तयार रहेको बताए ।

    ‘बोल्न त धेरै सजिलो छ । कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु,’ उनले भने ।

    आउँदो वर्षबाट विदेशमा भएकाको दूतावासबाटै अनलाइनबाट मतदाता नामावली संकलन गर्ने योजना रहेको पनि थपलियाले सुनाए । ‘यसकाे तयारी भइरहेकाे छ,’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # मतदाता नामावली संकलन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology