Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पेट्रोलिम मूल्य वृद्धिको विरोधमा विराटनगरमा प्रदर्शन

पेट्रोलिम मूल्य वृद्धिको विरोधमा विराटनगरमा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७९ सोमवार • ०९:५८:१४ बजे
  • 703
    SHARES
  • पेट्रोलिम मूल्य वृद्धिको विरोधमा विराटनगरमा प्रदर्शन

    विराटनगर । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरले चक्काजाम गरेका छन् ।

    images

    सार्वजनिक सवारी यातायात मजदुर र सञ्चालकले कोसी राजमार्गअन्तर्गत् विराटनगरको राजवंशी चोक सवारी राखेर यातायात अवरुद्ध गरेका हुन् ।

    उनीहरूले सडकमा गाडी तेस्र्याएर प्रदर्शन गरेका हुन् ।

    बढेको मूल्य फिर्ता हुनुपर्ने उनीहरूको माग छ । सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने उनीहरूले बताएका छन् ।

    आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology