Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भैरहवामा उडान भर्दै एयर अरेबिया र फ्लाई दुबई

भैरहवामा उडान भर्दै एयर अरेबिया र फ्लाई दुबई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७९ सोमवार • १७:०६:१४ बजे
  • 835
    SHARES
  • भैरहवामा उडान भर्दै एयर अरेबिया र फ्लाई दुबई

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप २ विदेशी वायुसेवा कम्पनीले नियमित उडान भर्ने भएका छन् ।

    images

    नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबईले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

    यी दुवै संयुक्त अरब इमिरेट्स (युएई) का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन् । नेपाल क्यानका महानिर्देशक ई. प्रदीप अधिकारीका अनुसार एयर अरेबियाले २ हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि प्रक्रिया थालेको छ ।

    भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च छ । सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन् ।

    साताको ३ दिन नियमित उडान गरिरहेको जजिरा एयरलाइन्सले पनि हप्तामा सातै वटा उडान गर्ने तयारी गरेको विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले बताए ।

    हाल काठमाडौँ–कुवेत रुटका लागि जजिराको भाडा ३३ हजार छ । भैरहवा–कुवेत रुट भएर अवतजावत गर्दा यसभन्दा ६ हजार ६ सय कम छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology