Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बढ्यो हवाई भाडा, कुन रूटमा कति ?

बढ्यो हवाई भाडा, कुन रूटमा कति ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७९ सोमवार • १९:१०:१९ बजे
  • 997
    SHARES
  • बढ्यो हवाई भाडा, कुन रूटमा कति ?

    नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि हवाई भाडा पनि बढेको छ ।

    images

    असार ८ देखि लागू हुने गरि आन्तरिकतर्फको हवाइ भाडा बढेको हो । वायुसेवा सञ्चालक संघका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ । संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको हवाई भाडा वृद्धि भएको छ ।

    काठमाडौं-धनगढीको भाडा ८४० रुपैयाँले बढेको संघले जनाएको छ । भाडा बढेसँगै काठमाडौं–धनगढीको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ । यो सबैभन्दा उच्च दर हो ।

    काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ । अब काठमाडौं–सिमराका लागि अधिकतम ४ हजार १९५ रुपैयाँ लाग्ने छ । भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ ।

    त्यसैगरी काठमाडौं(भद्रपुर ५७० ले बढेको छ भने काठमाडौं–विराटनगर ४५५ ले बढेको छ । काठमाडौबाट हुने अन्य गन्तव्यहरु जनकपुरमा २४५, भरतपुर २००, पोखरा ३००, भैरहवा ३९५, नेपालगन्ज ६२० र तुम्लिङटार ३५० रुपैयाँले बढेको छ ।

    नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ र्पुयाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology