Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७९ मंगलवार • ०९:३९:२२ बजे
  • 517
    SHARES
  • नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

    नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित भएका छन् ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो । कार्यकारी अध्यक्ष अधिकारीलाई विभिन्न आरोप लगाइएको छ ।

    उनीमाथि कर्मचारीलाई दूर्व्यवहार गरेको, ट्विनेटर विमान भाडामा दिँदा कानुनी आधार र औचित्य बाहिर गएको, निगमको सेवा विस्तार गर्न साउदी अरब जाँदा तोकिएको भन्दा बढी टोली लगेकोलगायत थुप्रै आरोपहरु छन् ।

    पछिल्लो समय संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग उनको सम्बन्ध राम्रो थिएन ।

    आलेले अधिकारीलाई अश्लिल शब्द बोलेर गाली गरेको अडियोले बजार नै तात्यो । उक्त अडियो प्रकरणपश्चात् आलेको राजीनामा नै मागिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology