Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इजरायलमा ढल्यो गठबन्धन सरकार

इजरायलमा ढल्यो गठबन्धन सरकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७९ मंगलवार • ०९:४९:३३ बजे
  • 691
    SHARES
  • इजरायलमा ढल्यो गठबन्धन सरकार

    इजरायलमा नाफ्टाली बेनेट नेतृत्वको गठबन्धन सरकार ढलेको छ ।

    images

    साेमबार देशवासीलाइ सम्बाेधन गर्दै प्रधानमन्त्री बेनेटले सोमबार आफूहरूले सरकार जोगाउन नसकेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    १ वर्षअघि बेनेटले ८ दल सम्मिलित गठबन्धनको सरकार बनाएका थिए । राजनीति विचार र नीति तथा कार्यक्रम नमिल्ने दलबीच विभिन्न विषयमा मतभेद रहँदै आएको थियो ।

    पछिल्लो समय गठबन्धनका २ जना सांसद विपक्षी गठबन्धनमा गएका थिए भने केहीले सरकारले ल्याएका विधेयकका पक्षमा मत हालेका थिएनन् ।

    सरकार चलाउन कठिन भएपछि बेनेटले संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका हुन् । न्युयोर्क टाइम्सका अनुसार अर्को साता इजरायलको संसदले आफैंलाई विघटन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यसपछि अहिलेका विदेश मन्त्री याइर लापिड कामचलाउ प्रधानमन्त्री बन्नेछन् । आगामी अक्टुबरसम्म इजरायलमा नयाँ चुनाव हुने अपेक्षा गरिएको छ ।

    सन् २०१९ यता इजरायलमा चार पटक संसदीय चुनाव भइसकेको छ

  • सम्बन्धित विषय:

  • # ढल्यो गठबन्धन सरकार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology