Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आसाममा बाढी, कम्तीमा ३४ को ज्यान गयो

आसाममा बाढी, कम्तीमा ३४ को ज्यान गयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७९ मंगलवार • ०९:५१:३८ बजे
  • 640
    SHARES
  • आसाममा बाढी, कम्तीमा ३४ को ज्यान गयो

    भारतको आसाममा बाढीका कारण कम्तीमा ३४ जनाको ज्यान गएको छ । लगातारकोे भारी वर्षाले त्यहाँको जनजिवन प्रभावित भएको अधिकारीहरूले बताएका छन् । त्यहाँ पिउने पानी र खानेकुराको अभाव भएको छ ।

    images

    गाउँहरू डुबानमा परेका छन् । घरहरु भत्किएका छन् । ४२ लाखभन्दा धेरै नागरिक विस्थापित भएको बीबीसी हिन्दीले जनाएको छ । भीषण वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ ।

    आसाममा सरकारले विस्थापितका लागि १ हजार १ सय ४७ वटा राहत शिविर खोलेको छ । तर निरन्तरको वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको प्रभावित क्षेत्रका उद्धार अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    यो वर्ष आसाममा भीषण बाढी आएको यो दोस्रो पटक हो ।

    गएको मे महिनामा आएको बाढीले त्यहाँ कम्तीमा ३९ जनाको ज्यान गएको थियो । आसाम राज्यमा यो महिना औसतभन्दा १ सय ९ प्रतिशत बढी वर्षा भएको मौसम विभागले जनाएको छ ।

    त्यहाँ ब्रह्मपुत्र नदी धेरै ठाउँमा खतराको तहभन्दा माथि बगिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology