पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन् ।
काठमाडौं आयोजित कार्यक्रमकाबीच उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।
पार्टी घोषणा गर्दै लामिछानेले राजनीतिक दलबाट नै नागरिकलाई अधिकार सम्पन्न बनाउन सकिने बताएका छन् ।
चुनाव चिह्न ‘घण्टी’
राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको चुनाव चिह्नको रुपमा ‘घण्टी’ प्रस्ताव गरेका छन् ।
मंगलबार काठमाडौंमा पार्टी घोषणा गरेका लामिछानेले हरेकको दिमागमा घण्टी बजाउनुपर्ने भन्दै चुनाव चिह्नको रुपमा ‘घण्टी’ प्रस्ताव गरिएको बताए ।
निर्वाचन आयोगमा पार्टीका दर्ता गर्न बाँकी नै रहेको भन्दै लामिछानेले निर्वाचन आयोगमा दर्ता भएका अन्य दलको चिह्नसँग नमिले यो नै आफ्नो पार्टीको चुनाव चिह्न हुने बताए ।
पार्टी र चुनाव चिह्न घोषणा गरेका लामिछानेले पार्टीको केन्द्रीय समिति २१ सदस्यीय हुने बताएका छन् । लामिछानेले केन्द्रीय समितिमा को–को छन् भन्ने चाहिँ घोषणा गरेका छैनन् । आजै बस्ने केन्द्रीय समितिको बैठकले नाम घोषणा गर्ने बताए ।