Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले अध्यक्ष ओली र ‘नक्कली राजकुमार’बीच भेटवार्ता

एमाले अध्यक्ष ओली र ‘नक्कली राजकुमार’बीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७९ मंगलवार • २०:०८:२१ बजे
  • 547
    SHARES
  • एमाले अध्यक्ष ओली र ‘नक्कली राजकुमार’बीच भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमबीच भेटवार्ता भएको छ ।

    images

    झापाका मेडिकल व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल आएको माक्तुम ओलीलाई भेटन् मंगलबार ओली निवास बालकोट पुगेका हुन् ।

    करिब एक घण्टा भएको भेटमा माक्तुमले नेपालबाट गएका युवाले युएईको विकासमा महत्वपूर्ण सहयोग गरेको सुनाएका थिए ।

    अध्यक्ष ओलीले माक्तुमलाई नेपाल भ्रमण गरेकोमा स्वागत गर्दै यूएई विकासमा फड्को मारेको देश भएकोले त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए ।

    भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य प्रसाईं यएईका कार्यवाहक राजदुत इब्राहिम अल मेहिरी लगायत सहभागी थिए ।

    प्रसाईंको निमन्त्रणामा नेपाल आएका माक्तुमलाई दुबईका राजकुमारको रुपमा प्रचार गरिएको थियो । तर, उनी राजकुमार नभएर राजपरिवारका सदस्य मात्र रहेको खुलेको थियो ।

    त्ययसैगरी माक्तुमले प्रसाईंलाई उपहार स्वरुप दिएको पहेँलो लौरोलाई सुनको लौरोको रुपमा व्याख्या गरिएको थियो । उक्त लौरो पनि सुन नभएको खुलेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology