Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वायुसेवा संचालक संघका अध्यक्ष थापालाई पक्राउ गर्ने तयारी

वायुसेवा संचालक संघका अध्यक्ष थापालाई पक्राउ गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७९ मंगलवार • २०:१०:५८ बजे
  • 544
    SHARES
  • वायुसेवा संचालक संघका अध्यक्ष थापालाई पक्राउ गर्ने तयारी

    वायुसेवा संचालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई पक्राउ गर्ने तयारी गरेको छ ।

    images

    संघले बुधबारदेखि सबै उडान रोक्ने घोषणा गरेपछि अध्यक्ष थापालाई पक्राउ गर्ने तयारी गरेको हो । हवाई क्षेत्र अत्यावश्यक सेवा क्षेत्रमा पर्छ । अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने भएकाले अध्यक्ष थापालाई पक्राउ गर्ने तयारी गरेको हो ।

    मंगलबार पत्रकार सम्मेलन गर्दै वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको थियो ।

    त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायुसेवा कम्पनीहरुलाई हवाई उडान नरोक्न चेतावनी दिएको थियो ।

    त्यस्तै क्यानले वायुसेवा कम्पनीहरुको वायुसेवा संचालन अनुमति (एओसी) समेत खारेज गर्ने तयारी गरेको छ ।

    स्रोतका अनुसार क्यानको आकस्मिक बैठक बसेर निर्णय गर्ने तयारी छ । यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology