Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आन्तरिक उडान नराेक्ने

आन्तरिक उडान नराेक्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७९ बुधवार • ०९:३२:३५ बजे
  • 511
    SHARES
  • आन्तरिक उडान नराेक्ने

    सरकारले कारबाही गर्ने भएपछि वायु सेवा सञ्चाकलहरू हवाई सेवा रोक्ने घोषणाबाट पछि हटेका छन् ।

    images

    नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा सञ्चालक संघबीच उडान सञ्चालन गर्ने विषयमा मंगलबार मध्यराति सहमति भएको हो । अब बुधबार आन्तरिक उडान नियमित हुने भएको छ ।

    राति ११ बजेसम्म चलेको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज माग सम्बोधन गर्ने भएपछि उडान नियमित गर्ने सहमति भएको हो ।

    वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार आन्तरिक उडान खुला राखेर वार्तालाई निरन्तरता दिइने छ । छलफल बुधवार मध्याह्न १२ बजे प्राधिकरण केन्द्रीय कार्यालयमा हुनेछ ।

    वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारदेखि आन्तरिकतर्फका सबै उडान अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गरेको थियो ।

    प्राधिकरणले पनि पत्रकार सम्मेलन गरी हवाइ उडान ठप्प पारे कारवाही गर्ने चेतावनी दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # आन्तरिक उडान नराेक्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology