Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु

बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • १६:३३:५३ बजे
  • 1.0K
    SHARES
  • बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु

    बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    images
     

    उनीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राति आगलागी भएको हो । डढेको तथा प्लाष्टिक सर्जरी सम्बन्धि केन्द्रिय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

    उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । घाइते मध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राति नौ बजेतिर आगलागी भएको हो ।

    अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सबै आठ वटै एयर कन्डीसनरमा आगलागी भएको बताएका छन् । घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थनाका लागि आएका थिए । घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # बम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology