नेकपा एकीकृत समाजवादीले तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाव दिने निर्णय गरेको हो । सचिवालयको बैठकको निर्णयलाई नै लिएर अध्यक्ष माधवकुमार नेपाल बालुवाटारस्थित आयोजना भएको पाँच दलीय गठबन्धनमा सहभागी भएको पनि बताइएको छ ।
अध्यक्ष नेपालले सचिवालयको बैठकअनुसार नै गठबन्धनको बैठकमा मन्त्री हेरफेरको प्रस्ताव राख्ने भनिएको छ ।
यसअघि नै एकीकृत समाजवादीले देउवा सरकारमा बहालवाला मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने प्रस्ताव बालुवाटार लगिसकेको छ भने नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई नयाँ मन्त्री बनाउन सिफारिस गरिसकेको छ ।
यस्तै, स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्न पनि यसअघि नै प्रधानमन्त्रीलाई एकीकृत समाजवादीले निर्णय गरेको छ ।