Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तराईका खेतहरू बाँझै

तराईका खेतहरू बाँझै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७९ बुधवार • २०:५४:२९ बजे
  • 739
    SHARES
  • तराईका खेतहरू बाँझै

    रोपाइँको सिजनको मध्यमा पर्ने ‘आदरा’ अर्थात् असार १५ आउन एक हप्ता मात्र बाँकी रहँदा बारामा भने रोपाईं सुरु पनि भएको छैन । उसै पनि आकाशे पानीको भरमा हुने खेतीमा वर्षा नभएर माटो भित्रको आर्द्रताको अभाव हुँदा बिडमा बिउ हाल्ने काम करिब एकदेखि २ हप्ता सम्म ढिलो भएको छ ।

    images

    त्यसमाथि मल पनि नपाइने भएपछि बिउ उम्रिसकेका खेतमा पनि किसानले रोपाइँ सुरु गरेका छैनन् । यसरी मल नपाइने भएपछि अन्नको भण्डार भनिने मध्य तराईको जिल्ला बारा, पर्सा, रौतहटमा रोपाई प्रभावित भएको छ ।

    खेतहरू बाँझै रहेका छन् । कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद शाहका अनुसार सिचाईंको समस्या दोहोरिने गरेको भएपनि किसानहरुले दमकल लगाउने, नदीमा बाँध लगाउने जस्ता उपाय अपनाउने गरेका छन् ।

    मल अभावसँग जुध्ने जुक्ति अब नरहेको उनले बताए । कृषी ज्ञानकेन्द्रको रेकर्ड अनुसार यी जिल्लाहरुमा १५० देखि १६० हजार हेक्टरसम्म धान खेती हुन्छ । धान यहाँको मुख्य बाली हो । भदौ असोज मै काटिने सारो धान छिटफुट रोपिएका छन् । तर यो पटक भने यी जिल्लामा २० प्रतिशत पनि रोपाइँ भएको छैन ।

    अरु तराईका जिल्लाहरुको पनि अवस्था उस्तै छ । यता कृषी सामग्री कम्पनीको वीरगंजस्थित मलको प्रवेश बिन्दु तथा मधेस प्रदेश कार्यालयका अनुसार कम्पनीले खरिद गरेको मल कहिले आइपुग्ने यकिन हुन सकेको छैन । असारको तेस्रो सातासम्म मल यहाँ आइपुग्ने आँकलन गरिएको कार्यालयका सूचना अधिकारी आलोककुमार झाले बताए ।

    झाका अनुसार ग्लोबल टेन्डर मार्फत खरिद गरिएको ४० हजार टन डिएपी र ३० हजार टन युरिया गरी ७० हजार टन मल अहिले आयात हुने प्रक्रियामा रहेको छ र ‘जि–टु–जि’ (गभर्नमेन्ट टु गभर्नमेन्ट) प्रक्रियामा यस पाली खरिद गरिएको डेढ लाख टन मल नेपाल ल्याउन पहल गरिरहेको कम्पनीले जनाएको छ ।

    हिजो मात्रै कायम मुकायम प्रबन्ध सञ्चालक राजेन्द्र बहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली भारत गएको प्रदेश कार्यालयका सूचना अधिकारी झाले बताए । त्यस्तै साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेडले डिएपीको बितरण यहाँ सुरु गरे पनि मागभन्दा निकै कम परिमाणमा आपूर्ति हुँदा त्यसबाट अझ बितरण कसरी गर्ने भने सकस भएको छ ।

    गत जेठ २१ मा साल्ट ट्रेडिङ्गको २० हजार टन डिएपी नेपाल भित्रिएको थियो । सो कम्पनी मार्फत आयात हुन लागेको २२ हजार टन युरिया हल्दिया बन्दरगाहबाट हिडिसकेर ५ दिन भित्र आइपुग्ने अनुमान गरिएको वीरगंजस्थित कार्यालयका प्रमुख अनोज लामिछानेले बताए ।

  • सम्बन्धित विषय:

  • # तराईका खेतहरू बाँझै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology