नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा वामपन्थीहरूकाे पहिलो पार्टी हुने बताएका छन् ।
वामपन्थीको पार्टी पहिलो बने देशको बागडोर आफूहरुको हातमा आउने समेत उनले बताए ।
स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावमै देशको दोस्रो र वामपन्थीमा पार्टी बन्ने सम्भावना फुत्किएको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लेफ्टको पहिलो हुने झन् ठूलो सम्भावना छ । भयो भने देशको बागडोर हाम्रो हातमा आउँछ ।’