Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विप्लव नेकपाका चार नेताले दिए सामूहिक राजीनामा

विप्लव नेकपाका चार नेताले दिए सामूहिक राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७९ बिहिवार • १४:१२:४९ बजे
  • 688
    SHARES
  • विप्लव नेकपाका चार नेताले दिए सामूहिक राजीनामा

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वपोलिटव्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित चार नेताले सामूहिक राजीनामा दिएका छन् ।

    images

    माओवादी धारलाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवं विशेष कमिटी सदस्य रमेश परियारले संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘बदलिदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेका छौं नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं ।’

    आफूहरुले सामूहिक राजीनामा दिएको सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनले पुष्टि गरेका छन् । सडक, सदन र सरकारको मोर्चामा कम्युनिष्ट क्रान्तिकारी एकताबद्ध र बलियो हुन सकेनन् भने सम्राज्यवादीहरूले देश खाने स्थिति सिर्जना हुने भएकाले सबैलाई एकताबद्ध गर्न अभियान थाल्न राजीनामा दिएको उनको भनाइ छ ।

    उनले माओवादीसँगै अन्य शक्तिहरुलाई समेत जोड्दै लैजाने आफूहरूको योजना रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # सामूहिक राजीनामा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology