Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एसपीपीमा सहभागी नहुने नेपालको निर्णय चीनद्वारा प्रशंसा

एसपीपीमा सहभागी नहुने नेपालको निर्णय चीनद्वारा प्रशंसा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७९ बिहिवार • २०:३०:३७ बजे
  • 652
    SHARES
  • एसपीपीमा सहभागी नहुने नेपालको निर्णय चीनद्वारा प्रशंसा

    चीनले अमेरिकाको सैन्य गठबन्धन एसपीपीमा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ ।

    images

    बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनिया बिदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको मन्त्रिपरिषद् बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको बताएका हुन् ।

    उनले एसपीपीलाई लिएर नेपालमा चौतर्फी विरोध भएको र धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गरेको बताए ।

    उनले यो हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको सह्रानिय भएको बताए ।

    चीनले नेपाललाई असल छिमेकीको रुपमा सदैव साथ, सहयोग गर्ने र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताकोरक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेनले बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology