Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालेनले ल्याउदैछन् कामपामा २५ अर्बको बजेट

बालेनले ल्याउदैछन् कामपामा २५ अर्बको बजेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७९ शुक्रवार • ०९:५२:५९ बजे
  • 1.3K
    SHARES
  • बालेनले ल्याउदैछन् कामपामा २५ अर्बको बजेट

    काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ।

    images

    गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ। देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले सबैभन्दा धेरै बजेट ल्याउन लागेको हो। कानुनमा व्यवस्था भएअनुसार आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै छन्।

    उपमेयर सुनिता डंगोलले महानगपालिकाको परिषद्को बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। कुल २५ अर्बमध्ये २३ अर्ब रुपियाँ कामपाको सञ्चित कोषमार्फत् खर्च हुनेछ।

    ‘कुल बजेटमध्ये सामाजिक सुरक्षाभत्ता नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरू र आयोजनाको खर्च महानगरको बजेटमा सार्वजनिक भए पनि तोकिएको शीर्षकमा मात्र खर्च हुनेछ।

    त्यसैले कामपाले खर्च गर्न पाउने रकम करिब २३ अर्ब रहनेछु,’ कामपा स्रोतले भन्यो। मेयर बालेन्द्र साह, उपमेयर डंगोल, राजस्व विभागमा निर्देशक डा. शिवराज अधिकारी, लेखा विभागका निर्देशक बुद्ध मानन्धरलगायत टिमले बजेट तयार गरिरहेको छ।

    यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology